images
images
  • ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं-ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।

    सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते सिलवालको बीएण्डबी अस्पताल ग्वार्कोमा सोमबार राति मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताए।

    दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय इसान बस्नेत पनि गम्भीर घाइते भएका छन्।

    ललितपुरकै चापागाइँ घर भई बाडेगाउँ बस्नेतको ललितपुरमै रहेको केयरएण्डकेयर अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images