images
images
  • फुलचोकी घुम्न गएका १३ जना जंगलमै हराए, स्थानीय र ललितपुर प्रहरीले खोजी गर्दै

    काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकामा पर्ने काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएको पाइएको छ ।

    सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्य सुरु गरेको जनाएको छ ।

    ललितपुर प्रहरीका अनुसार १३ जना व्यक्ति हराएको सूचना पाएपछि ललितपुर प्रहरीले इन्सपेक्टरको कमाण्डमा टोली खटाएर खोजी गरिरहेको छ ।

    २७६१ मिटर उचाईंमा रहेको यो डाँडा काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा हो । फुलचोकीपछि काठमाडौंको चन्द्रागिरी दोस्रो अग्लो डाँडा हो ।

    हिउँदमा धेरै आन्तरिक पर्यटकहरु फुलचोकी घुम्न जाने गरेका छन् । फुलचोकीको जंगल निकै घना भएकाले मानिसहरु बेलाबेला हराउने गरेको पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images