images
images
  • चितवन महोत्सवमा हात्ती प्रयोग बन्द गर्न अभिनेता जोन अब्राहमकाे आग्रह, पर्यटनमन्त्री पाण्डेलाई लेखे पत्र

    काठमाडाैं-बलिउड अभिनेता जोन अब्राहमले चितवनमा आयोजना हुन लागेको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्ती प्रयोग नगर्न आग्रह गरेका छन्।

    महोत्सवका नाममा हात्तीलाई दुर्व्यहार र पीडा हुने भन्दै अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र नै लेखेका हुन्। पुस ११ देखि १५ गतेसम्म चितवनमा महोत्सव हुँदैछ।

    महोत्सवका क्रममा हात्तीलाई कुटपिट गर्ने, दौडिन बाध्य पार्ने, पर्यटकको सवारी तथा पोलो र फुटबल खेल्न प्रयोग गर्ने गरिएकाले यस्ता कार्यले वन्यजन्तुको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेका छन्।

    उनले अगाडि लेखेका छन्, ‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलका क्रममा शारीरिक र भावनात्मक पीडा भोग्नुपर्छ, जसले प्राकृतिक वासस्थानमा हात्तीहरूको सुन्दरता देखेका छन्, ती सबैलाई थाहा छ– हात्ती शक्ति र बुद्धिको प्रतीक मात्र नभई राष्ट्रिय सम्पदासमेत हुन् ।’

    नेपालसँग सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य स्थापित गर्दै साझा भविष्यतर्फ अगाडि बढ्ने अवसर रहेको उनले उल्लेख गरेका छन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images