images
images
  • होटलमा सुतेका युवाको घाँटी रेटेर हत्या

    रोल्पा-रोल्पामा बिहीबार राति घाँटी रेटेर एक युवाको हत्या गरिएको छ।

    थबाङ गाउँपालिका ५, उवाकाे एक हाेटलमा सुतिरहेका सुनछहरी गाउँपालिका–५, जैमाकसलाका सीताराम रोका क्षेत्रीको हत्या भएको हो।

    सुमित होटलमा खाना खाएर सुतेका ३६ वर्षीय रोकाको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला शव परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रोहितकुमार शाहीले बताए। लु १ ज १८४७ नम्बरको जिप चालक रहेका उनको बिहान अबेरसम्म पनि नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images