images
images
  • काठमाडौंमा किशोरीको हत्या आरोपमा युवक पक्राउ

    काठमाडौं-राजधानी काठमाडौंमा एक किशोरीको हत्या आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ।

    धादिङको गजुरी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका १० सतुंगल खरिबोटमा डेरामा बस्दै आएकी १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा प्रहरीले बुधबार राति एक जनालाई नियन्त्रणमा लिएको हो। काठमाडौं महानगरको खड्कागाउँस्थित डेरा कोठाबाट २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। उनको घर धादिङको गजुरी हो।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार किशोरी गत मंसिर २९ गते रातिदेखि सम्पर्कविहीन भएपछि खोजी गर्दा पुस ३ गते सतुंगल खरिबोटस्थित आफ्नै डेराकोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्।

    सरिताका दाइ नवीन रुम्बा तामाङले पुस १ गते दिउँसो सरिताको हुलियासहित प्रहरी वृत्त थानकोटमा निवेदन दिएपछि प्रहीले खोजी थालेको थियो। त्यस क्रममा सतुंगल खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरको भुइँतलामा डेरा गरी बस्ने सरिता उनकै लो बेडमुनि मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सरिता नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा कक्षा १० मा पढ्थिन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images