मनाङ केन्द्रबिन्दु भएर बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ७ बजे ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो।
यसअघि गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएका थिए। बुधबार बझाङको धमेनामा ४.१ र मंगलबार बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रतिक्रिया दिनुहोस्























