images
images
  • चार महिनामा आयो पौने ६ अर्ब रुपैयाँ बराबर प्रतक्ष वैदेशिक लगानी, ५० प्रतिशतको वृद्धि !

    काठमाडौं – पछिल्लो चार महिनामा नेपालमा पौने ६ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकको पछिल्लो वित्तीय रिपोर्ट अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चार महिना (साउन–कात्तिक) अवधिमा ५ अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।

    यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब बढी अर्थात करिब ५० प्रतिशत बढी प्रतक्ष विदेशी लगानी भित्रिएको हो ।

    अघिल्लो आव २०८०/८१ को पहिलो चार महिनामा प्रत्यक्ष वैदेशिक ( इक्विटी मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रुपैयाँ बराबर रहेको पनि राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

    नेपालमा निर्माण भइरहेका विभिन्न जलविद्युत आयोजनाहरुमा विदेशी लगानी आउँदा नेपालमा आउने विदेशी लगानीको ग्राफ नै स्वाट्टै माथि उठेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images