images
images
  • जापानले हु्म्लामा बनाइदियो सवा करोड अनुदानमा बालगृह भवन

    काठमाडौं – जापान सरकारको रु एक करोड ३५ लाख अनुदान लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृह (Children’s Home) को भवन निर्माण सम्पन्न भएको छ ।

    बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला) का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे ।

    उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images