images
images
  • रवि लामिछानेविरुद्ध ४ प्रदेशका ५ जिल्लाबाट पक्राउपुर्जी जारी, चितवनपछि पर्सामा बयान दिनुपर्ने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अहिलेसम्म ४ प्रदेशका ५ जिल्लाबाट पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धान लम्बिदै जाँदा उनलाई थप जिल्लाबाट पनि पक्रउ पुर्जी जारी हुन सक्ने देखिन्छ ।

    बुधवार मात्र लामिछानेसहित १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई नै हुन् । उनी अहिले मलेसियामा बसेको प्रहरी स्रोतको भनाई छ । उनीसँगै ग्यालेक्सी टेलिभिजनमा शेयर होल्डर रहेका रवि र छवि माथि सँगसँगै बयान भइरहेको छ ।

    सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेकोमा बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरी अपचलन गरेको आरोप छ ।

    यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख र छविलाल जोशीको नाममा १ करोड ८६ लाख रुपैयाँ लगायतका व्यक्तिका नाममा कर्जा प्रवाह भएको देखिएको छ ।

    लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । उनलाई सुरुमा पोखरा, पोखराबाट बुटवल, बुटवलबाट फेरि पोखरा, पोखराबाट काठमाडौं र काठमाडौंबाट चितवनमा बयानका लागि लगिएको छ । पर्साबाट पक्राउ पुर्जी जारी भएसँगै उनलाई अब चितवनबाट पोखरा ल्याएर वा नल्याएरै पर्सामा पनि बयानका लागि लगिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images