लखनउ – गुगल म्यापलाई भरपर्दो साथी ठान्नुहुन्छ भने यो खबरले तपाईँलाई केही सोच्न बाध्य पार्न सक्छ ।
उत्तर प्रदेशको रामगंगा नदीमा शनिबार राति एउटा कारले अनौठो ‘स्टन्ट’ गरेर तीनजना यात्रुलाई सधैँका लागि ‘गुडबाइ’ गरेको छ ।
रामगंगा नदीमा फरिदपुर र बदायुं जोड्ने पुलको कथा लामो छ— फराकिलो नदिमाथिको पुल अधुरो निर्माण गरिएको छ । पारी सडक छ ।तर, पुल पुरै बनिनसकेकोले सकडसँग जोडिएको छैन । तर, गुगल म्यापलाई यो कुरा के थाहा ! गुगलले त्यही पुलको बाटो देखायो ।
ट्याक्सी परमिट लिएको एक कारमा यात्रु थिए, २ जना । गुगलको निर्देशन मान्दै चालकले अधुरो पुललाई पनि ‘हाइवे’ ठानेर आफ्नो गन्तव्यतिर हुइँकाए ।तर, जब पुलको भाग सकियो, तीव्र गतिमा रहेको कारले ‘ब्रेक’लाई लगाउन खोज्दा खोज्दै २५ फिट तल रामगंगा नदीमा खस्यो ।
चालक र दुईजना यात्रु पनि कारसँगै नदीमै खसे । गुगल म्यापले धोका दियो १स्थानीय बासिन्दाका अनुसार यो पुल यति लामो समयदेखि अधुरो छ कि अब यसको नाम ‘जोकर पुल’ राख्न सकिने सुझाव आउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्