images
images
  • ७० घरसहित चितवनमा आउँदै ‘सुख भिल्लाज’ हाउजिङ परियोजना, अहिले बुक गर्नेलाई ४० लाख रुपैयाँ छुट !

    काठमाडौं – काठमाडौं र वीरगञ्जमा सफल व्यावसाय गरेको सिद्धी हाउजिङ प्रालिले चितवनमा पनि करिब ३ बिघा जग्गामा हाउजिङ परियोजना सुरु गर्ने भएको छ । कम्पनीले सुख भिल्लाज ब्राण्डमा ल्याउन लागेको  हाउजिङ परियोजनामा ७० वटा घरहरु निर्माण हुनेछन् ।

    कम्पनीले भरतपुर–९ मा निर्माण गर्न लागेको परियोजना पूर्व–पश्चिम राजमार्गदेखि करिब ३ सय मिटर मात्र भित्र छ । करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ठिक ५२ कट्ठा जमिनमा फैलिने छ ।

    निर्माणको सुरु गरेको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजना अन्तर्गत ६ महिनाभित्र १० वटा घर निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    बुकिङमा ४० लाख रुपैयाँ छुट

    परियोजनामा एउटा घरका लागि १० देखि १२ धुर जमिन छुट्टयाइएको छ । एउटा घरको क्षेत्रफल न्युनतम २३ सयदेखि अधिकतम करिब २७ सय वर्गफिट सम्म रहनेछ । सबै घर साढे २ तल्लाको हुनेछन् । यी जुनसुकै घर अहिले बुक गर्ने हो भने एउटा घरमा ४० लाख रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

    sukha villa 1732454553

    घरको मूल्य २ करोड ६५ लाख रुपैयाँ निर्धारण गरिएकोमा प्रि बुकिङ गर्नेहरुलाई घरको मूल्य २ करोड २५ लाख रुपैयाँ मात्र तोकिएको कम्पनीले जनाएको छ ।

    कूल जमिनको २५ प्रतिशत सडक, ५ प्रतिशत भन्दा बढी खुल्ला स्थान र करिब ३ प्रतिशत सामाजिक क्षेत्रका लागि छुट्ट्याइएको छ । परियोजनाभित्र स्विमिङ पुल, जिम हल, मन्दिर, कन्फ्रेसन हल लगायतका संरचना पनि रहने छन् ।

    घरजग्गाको मन्दी उत्तरार्धमा पुगेको दाबी

    कम्पनीले घरजग्गा क्षेत्रमा रहेको मन्दी उत्तरार्धमा पुगेको निष्कर्श सहित हाउजिङ परियोजना सुरु गरेको दाबी गरेको छ । पछिल्लो ३ वर्षयता घरजग्गा क्षेत्र सुस्त रहेपनि अवको एकाध वर्षमै यो क्षेत्र पुन: माथि उठ्ने प्रक्षेपण सहित हाउजिङ परियोजना अघि बढाएको कम्पनीले पत्रकार सम्मेलनमा बताएको थियो ।

    तर आजको मितिसम्म भने मन्दी हट्ने संकेत कारोबारको तथ्याङ्कले देखाएको छैन । मंसिरको महिनामा देशभर कारोबार बढेको खण्डमा मानिसहरुले मूल्य बढ्ने लोभमै पुन: घरजग्गा जोड्न सुरु गर्ने र यसले मूल्य बढाउने विश्लेषकहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images