काठमाडौं – युक्रेनको राजधानी किभमा रूसले लामो दूरीको मिसाइलबाट आक्रमण गरेको छ ।
युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि जवाफी कारबाही गरेको हो ।
रूसले गरेको आक्रमणबाट १६ र १७ वर्षका युवासहित १५ जना घाइते भएका बीबीसीले जनाएको छ ।
उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको स्वास्थ्य अवस्था बारे थप विवरणहरु भने प्राप्त भइनसकेको बिबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















