images
images
  • महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० बालबालिकाको मृत्यु

    भारत – उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी १० बालबालिकाको मृत्यु भएको छ ।

    झाँसी जिल्ला मजिस्ट्रेटले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । झाँसीको यो घटनालाई लिएर उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले आफ्नो ट्विटमा घटनाबारे दुख व्यक्त गर्दै घाइते अरू बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी भएको हो।

    केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन् ।

    १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images