काठमाडौँ – जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबारदेखि नागढुंगा सुरुङ्गमार्ग निर्माणस्थलक्षेत्रमा यातायात सञ्चालनमा दिनहुँ आंशिक रोक लगाउने भएको छ ।
नागढुंगा सुरुङ्गमार्ग आयोजनाबाट काठमाडौँ–धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) क्षेत्रमा ७ दिनसम्म यातायात सञ्चालनमा आंशिक रोक लगाइने प्रशासनले जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा ढलान काट्ने कार्य गर्नु पर्ने भएकाले कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुई तर्फी सडक पहिलो २० मिनेट बन्द र अर्को २० मिनेट खुला रहने गरी सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी दिएको छ ।
एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना
प्रतिक्रिया दिनुहोस्