काठमाडौं । सिन्धुपाल्चोकमा वर्षेनी जसो प्राकृतिक विपद्का कारण ठूलो धनजनको क्षति हुदै आएको छ । यो पटक पनि सोही नियति सिन्धुपाल्चोकले भोग्नुपरेको छ । २०७१ यता हालसम्मा सिन्धुपाल्चोक र सिन्धुपाल्चोकबासीले भोग्नुपरेको प्राकृतिक विपद्का कारण कहाँ कति क्षति भयो ? ती निम्नअनुसार छन् –
वि.सं. २०७१ सालमा –
सिन्धुपाल्चोकले २०७१ साल यता लगातार ठूला प्राकृतिक बिपत्ति
२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु, घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घर पूर्णरूपमा क्षति
वि.सं. २०७२ सालमा –
२०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो, १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति
वि.सं.२०७३ सालमा –
२०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजारका ३० घर बगायो, तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो, अरनिको राजमार्ग बन्द
वि.सं. २०७४ सालमा –
२०७४ साउन ८ गते रातीको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बन्यो, अरनिको राजमार्ग अबरुद्ध
वि.सं. २०७५ सालमा –
२०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगायो, पहिरोले २२ घरमा लेदो पस्यो, १२ घर जोखिममा परे
वि.सं. २०७७ सालमा –
२०७७ असार २४ गते राती बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु, १७ जना वेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त, बाह्रबिसे कै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बन्यो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो, तीन जना बेपत्ता, लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित । अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त, लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो ।
२०७७ असार ३१ गते राती भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त बन्यो ।
२०७७ साउन १८ राती मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु , सोहि रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।
२०७७ साउन २२ गतेको अविरल बर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिएर क्षति । बलेफी कात्तिके सडक अबरुद्ध । सयौं रोपनी धानखेत बगायो ।
२०७७ साउन ३० विहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरियो । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु ।
वि.सं. २०७८ सालमा–
२०७८ साल असार १ गते साँझ देखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति । नदी तटीय क्षेत्रबाट ५० हाराहारीमा मानिस सम्पर्क विहिन भएको प्रहरीको भनाई, मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकि । इन्द्रावतीले मेलम्ची नवलपुर जोड्ने पक्कि पुल बगायो । बाढीले मेलम्ची बजारमा पनि ठूलो क्षति पुर्याएको छ ।
नाकोतेको पक्की पुल ।
मेलम्ची खानेपानीको हेडवर्क्स।
तिम्बु बजार ।
चनौटे बजार ।
चनौटेको झोलुंगे पुल ।
आर्मी क्याम्प।
ससस्त्र क्याम्प।
मेलम्चीको २ वटा पक्की पुल।
मेलम्ची झोलुंगे पुल।
खोला किनारका ८ माछा फर्महरु।
खेती योग्य जमिन,
मेलम्ची बसपार्क लगायत सम्पूर्ण बगायो।
हालसम्म बाढीबाट ८ जनाको मुत्यु भएको छ। कति मानवीय क्षतीको वास्तविक विवरण आएको छैन।
मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ चिनियाँ प्राविधिक सहित ४० जना कामदार सम्पर्क विहीन ।
त्यस्तै तिम्बुदेखि मेलम्चीबजारसम्मका ५० जना स्थानीय सम्पर्कमा छैनन् ।























