images
images
  • साम्राज्ञी अभिनित साठी लाखको भिडियो, म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानी

    काठमाडौं-नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानीमा भिडियो छायाङ्कन गरिएको दाबी गरिएको छ ।

    भिडियोका निर्देशक सञ्जय न्यौपानेले म्युजिक भिडियो ‘मालती’ मा ६० लाखभन्दा बढी लगानी रहेको दाबी गरे।

    भिडियोको शीर्ष भूमिकामा अभिनेतृ साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन्।

    बुधबार गीतको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सौरभ लामाले खिचेको भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images