images
images
  • बाढीपहिरोमा आफन्तको ज्यान गुमाएका परिवारले पाए राहत, पाँच करोड रुपैयाँ निकासा

    काठमाडौँ – सरकारले हालैको बाढीपहिरो र डुबानमा परी आफन्त गुमाएका परिवारलाई आर्थिक सहायता दिएको छ ।
    सरकारले प्रतिमृतक दुई लाख रुपैयाँका दरले उनीहरुका आफन्तलाई आर्थिक सहायता प्रदान गरेको हो ।
    गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड रुपैयाँ प्रदान गरिएको छ ।
    बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
    पीडित परिवारलाई आर्थिक सहायता दिने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images