images
images
  • मलेसिया सरकारले बढायो कामदारको आधारभुत तलब, अब न्युनतम ५३ हजार रुपैयाँ हुने

    एजेन्सी । मलेसिया सरकारले कामदारको न्यूनतम तलब बढाएको छ ।

    सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको छ ।

    प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी फेब्रुअरी २०२५ देखि लागू हुने बताएका छन् ।

    मलेसया सरकारले जनताले जीवनलाई सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाए मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिने भन्दै न्यूनतम तलब १५०० बाट १७०० मलेसियन रिङ्गेट पुर्‍याएको बताएको छ ।

    मलेसियामा सन २०२२ देखि कामदारको न्यूनतम तलब १५०० रिङ्गेट तोकिएको थियो । २ वर्षपछि नै त्याहाँको सरकारले कामदारको न्युनतम तलव २०० रिङ्गेट बढाइएको हो ।

    यसबाट त्याहाँ रहेका नेपाली कामदारसमेत लाभ्वान्नित हुने भएका छन् । १७०० रिङ्गेट भनेको नेपाली ५३ हजार रुपैयाँभन्दा बढी हो । हाल एक मलेसियन रिङ्गेटको नेपाली ३१ रुपैयाँभन्दा बढी विनिमयदर तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images