images
images
  • अण्डा उत्पादक कम्पनी दाउन्ने एग्रोले आईपीओ ल्याउने, ‘४ लाख कुखुराबाट दैनिक १७०० कार्टुन अण्डा’ उत्पादन

    काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अण्डा उत्पादक कम्पनी दाउन्ने एग्रो फार्मले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

    आईपीओ निष्कासन गर्न लागेको कम्पनी र सिटिजन्स क्यापिटलबीच सेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धमा सम्झौता भएको छ ।

    सम्झौतामा दाउन्ने एग्रो फार्म लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

    दाउन्ने एग्रो फार्म २०७४ सालमा स्थापना भएको अण्डा उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो कम्पनीे हो । जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वातावरण अनुकुलित प्रविधिको प्रयोग गरी ४ लाख लेयर्स कुखुराबाट प्रति दिन १ हजार ७०० कार्टुन अन्डा उत्पादन गर्दै आएको छ ।

    नवलपरासीमा रहेको फार्मले भविष्यमा कुल ६ लाख कुखुराबाट प्रति दिन २ हजार ६०० कार्टुन अन्डा उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images