
काठमाडौं । लमजुङको मकैडाँडामा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन ।
लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको छ ।
ग १ ज ८५५१ नम्बरको जिप आज बिहान दुर्घटना भएको थियो ।
टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला अस्पताल सदरमुकाममै उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्