images
images
  • काभ्रेपलाञ्चोकमा एक पछि अर्को ठाउँमा सक्खा पहिरो, बीपी राजमार्ग पछि अरनिको राजमार्ग पनि अवरुद्ध

    काठमाडौं । अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा गएराती देखि राजमार्ग अवरुद्ध भएको छ ।

    सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु बीचबाटोमा अलपत्र परेका छन् । सुक्खा पहिरो खसेको दुवैपट्टी सवारी साधनको लामो लाइन लागेको छ ।

    काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

    पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

    राजमार्ग अवरुद्ध हुँदा लामो समयदेखि सयौं सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ ।

    यस अघि सिद्धिचरण राजमार्ग र बीपी राजमार्गमा समेत सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएका थिए ।

    बीपी राजमार्गमा त टाटा सुमो जीप नै आधा पुरिएको थियो भने एउटा बस र एउटा डोजरलाई पहिरोले पल्टाएको थियो ।

    गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण अहिले देशका धेरै जसो ठाउँमा सुक्खा पहिरो जाने समस्या देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images