सिन्धुली, २४ असोजः सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीका स्थानीयबासीले दसैँको अवसरमा हालेको लिङ्गे पिङमा मच्चिदै बालिका । घटस्थापना सुरु भएदेखि नै गाउँमा दसैको रमाइलो सुरु हुन्छ । यही रमाइलोका लागि गाउँघर र टोलटोलमा हालिने लिङ्गे पिङ हिजोआज लोप हुने अवस्थामा छ । तस्बिरः राधिका बुढाथोकी/रासस
दसैँका अवसरमा कर्णाली खेलकुद क्लव जुम्ला र गुठिचौर युवा क्लवको संयुक्त आयोजनामा जुम्लाको गुठीचौर गाउँपालिका-२ मा आयोजित घोडा दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्दै सहभागीहरु । तस्बिर :विजय रावत / राससबडादसैँका अवसरमा बिहीबार नेपाली सेनाद्बारा टुँडिखेलमा आयोजित फूलपाती बढाई समारोहमा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिर ः रत्न श्रेष्ठ / रासस