फ्लोरिडा । अमेरिकामा मिल्टन आँधीले पार्न सक्ने विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र पारिएको छ ।
यो आँधी फ्लोरिडाको सारासोटा तिर आइरहेको देखिन्छ। आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब सकिएको छ। लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन् ।
यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















