एजेन्सी। भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।
रतन टाटाको बुधबार राति मुम्बइस्थित एक अस्पतालमा निधन भएको टाटा सन्सका चेयरम्यान एन चन्द्रशेखरनले जानकारी दिएका छन् ।
टाटाको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्चपदस्थ अधिकारीहरुले गहिरो दुख व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले टाटाको निधनमा दुख व्यक्त गर्दै उनी भिजनरी बिजनेस म्यान र एक असाधारण व्यक्ति रहेको स्मरण गरेका छन् ।
यससँगै भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले पनि टाटाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै टाटासँग एक प्रष्ट भिजन रहेको स्मरण गरेका छन् ।
टाटा उद्यमसँगै परोपकारी काममा पनि सक्रिय थिए । उनले आफ्नो कमाइको धेरै जसो रकम च्यारिटीमा दिने गरेका थिए ।
२८ डिसेम्बर १९३७ मा जन्मिएका टाटा सन् २००० मा भारत सरकारबाट पद्मभुषण र २००८ मा पदमविभुषण पदकबाट सम्मानित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्