काठमाडौं । नेपाली वायु सेवा प्रदायक गुण एयरलाइन्सको इजाजतपत्र नवीकरण भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको इजाजतपत्र नवीकरण गरेको हो ।
मन्त्रालयबाट इजाजतपत्र नवीकरण भएसँगै अब नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमतिपत्र (एओसी) सक्रिय बनाएपछि गुणले पुनः उडान सुरु गर्ने जनाएको छ ।
गुणले नियमित उडान नगर्दा हाल यसको एओसी निस्क्रिय छ । यो वायुसेवासँग आन्तरिक उडाका ७ वटा जहाज छन् । यीमध्ये ५ वटा जेटस्ट्रीम र २ वटा डोर्नियर जहाज हुन् ।
कम्पनीले उडान अनुमति नवीकरण गरेर आन्तरिक हवाइ क्षेत्रमा पुनः उडान गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























