![kn dang img20240928081623 uKRGoMNvbk scaled सांकेतिक फोटो](https://bishwokhabar.com/wp-content/uploads/2024/09/kn_dang_img20240928081623_uKRGoMNvbk-scaled.jpg)
नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रवार राति फेरि सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।
सूचना अधिकारी बोहराका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त प्रयास भइरहेको छ ।
सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्