काठमाडौं। नागढुंगा सुरूङमार्गबाट पठाउन थालियो एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडी पठाउन सुरु गरिएको छ।
धादिङको सिस्नेखोलादेखि र काठमाडौंको बलम्बुस्थित सुरूङमार्गसम्म एम्बुलेन्सलगायत सवारी साधन पठाउन थालिएको हो।
सडक विभागले पृथ्वी राजमार्गमा पर्ने धादिङ झ्याप्लेखोला पहिरोले गर्दा काठमाडौं छिर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्गबाट पठाउन थालिएको जानकारी दिएको छ ।
बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई नागढुंगा सुरूङमार्गबाट काठमाडौं पठाउन थालिएको छ । यस्तै काठमाडौंबाट बाहिरिएका सवारी साधनलाई पनि पिपलबोटलगायत ठाउँबाट वैकल्पिक मार्गबाट पठाइएको छ ।
सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहेको र मार्गबाट प्रवेश गर्ने सवारीसाधनलाई के कति शुल्क लिने भन्ने टुङ्गिन बाँकी रहेकोले उक्त सुरुङमार्ग सञ्चालनमा आएको थिएन ।
विपतको बेला अत्यावश्यक सेवाका सवारीसाधनको लागि सुरुङमार्ग खुल्ला गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्