images
images
  • विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिककोआरोहण गर्ने पासाङ नामगेललाई पर्यटनमन्त्रीले गरे स्वागत

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन्। मन्त्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किँएका शेर्पालाई शुक्रबार मन्त्रालयमा स्वागत गरेका हुन्।

    सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक आरोहण गरेका थिए। मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिनु पर्ने धारणा व्यक्त गरेका छन्।

    उनले हिमालमा हुने दुर्घटनाहरूमा हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहोर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाइदिन अनुरोध पनि गरेका छन्।

    शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से सार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका छन्।  मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्ने विश्वास दिलाएका छन्।

    ५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा चिनिन्छन् । उनले सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से सार दुवै चुचुरोसँगै आरोहण गरेका थिए।

    कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरुमा पाइला टेक्ने देस्रो व्यक्ति हुन् । साथै नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो भएको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्

    images