images
images
  • काठमाडौं महानगरभित्र नदी छेउको २० मिटरसम्म भवन बनाउन पाइदैन

    काठमाडौं । अब काठमाडौं महानगरपालिका भित्र रहेका नदीको नापी नक्साबाट दायाँबायाँ २० मिटरसम्म छोडे।र मात्र भवन निर्माण गर्न पाइने भएको छ ।

    महानगरपालिकाले सार्वजनिक सूचना निकालेर नदीको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने निर्णय गरेको हो।

    निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सहायक नदीमा मलमुत्र युक्त प्रदुषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाइ भुमिगत जलस्रोत पुनःभरण गर्ने, नदीहरुमा कुनै किसिमको फोहोर नफाल्ने लगायको निर्णय गरेको छ ।

    कसैले महानगरपालिकाले रोक लगाएको कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । नियमित अनुगमन काठमाडौं महानरपालिका र वडा कार्यालयहरुले गर्नेछन् ।

    kamapa notice

    प्रतिक्रिया दिनुहोस्

    images
    images