काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुत विरुद्ध उजुरी दिन आब्हान गरेको छ । मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुत बिरुद्द उजुरी दिन आब्हान गर्ने निर्णय गरेको हो ।
आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले जानकारी दिए । उनका अनुसार भोलिको गोरखापत्र दैनिकमा उजुरी आब्हान सहितको सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने पनि जानकारी दिए ।
उनका अनुसार संसद सचिवालयमा स्वयंम उपस्थित भएर वा अन्य माध्यमवाट उजुरी दिन सकिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्