images
images
  • टीआरसी विधेयक विरुद्धको रिट सर्वोच्चमा पेश गरियो

    काठमाडौं । सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)विरुद्धको रिट सर्वोच्च अदालत पेश गरिएको छ ।

    टिआरसी विद्येयकमा दलहरुबीच समस्या समाधानका लागि सहमति भएर प्रतिनिधि सभामा पेश हुने तयारीमा रहेको उक्त विद्येकमा रहेका विभिन्न बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको भन्दै विधेयकविरुद्धको रिट अधिवक्ता श्यामकृष्ण मास्केले दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले रिट सर्वोच्चमा पेस भएको जानकारी दिए । रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ । सर्वोच्चमा पेस भएको उक्त रिटबारे दर्ता वा दरपिठ गर्ने निर्णय अदालतले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images