images
images
  • माछाले लियो एकै घरका तीन बालबालिकाको ज्यान

    कलैया । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ देखि ९ वर्ष उमेर समूहका छन् । सिम्रौनगढ नगरपालिका–७ झवानीटोलका नरेश रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार, आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेकोमा राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए ।

    उनीहरुलाई सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

    माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । प्रहरीले घटना विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images