काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव पत्र बुझाउँदै देशको समग्रह पक्ष सुधार गर्नुपर्ने बताएका छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रशासन सुधार गर्दै देशमा देखिएका समग्र समस्याहरु पहिचान गरी सोलुसन गर्न माग राखेका हुन् ।
यस्तै उनले प्रदेश सरकार खारेज गर्नुपर्ने विषय उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका छन् । संविधान संशोधनलाई उच्च प्राथमिकतामा राखेर सरकारले राज्यको अनावश्यक रुपमा खेर गइरहेको राजस्व जोगाउनुपर्ने धारण उल्लेख गरेका छन् ।
ढकाकालले प्रधानमन्त्री ओलीाई बुझाएको सुझावमा जिल्ला समन्वय समिति समेत राखेज गर्नुपर्ने सुझाव पेश गरेका छन् । उनले संविधान संशोधनमा एक पटक नागरिकता ,त्याग गरेकाले अर्को पटक नागरिकता प्राप्त गर्न नपाइने नियम संविधानमा उल्लेख गर्नुपर्ने माग राखेका छन् ।
रास्पाका सभापति रवि लामिछानेले उनलाई पार्टीको विरुद्धमा बोलेको भन्दै निलम्बित गरेका थिए । तर डा. ढकाल रास्पालाई रबिको कब्जाबाट बाहिर ल्याउने भन्दै बताउँदै आइरहेका छन् ।आइरहेका छन् । उनले पछिल्लो समय देशले मागेको विषलाई उठान गरेका छन् । अहिले प्रदेश खारेजको गर्नुपर्ने विषय बहसको विषय बनेको छ । दुई तहको सरकारले देशलाई समृद्धिको दिशमातिर समयमा नै लैजान सकिने विज्ञहरुले समेत बताउँदै आएका छन् ।
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2024/08/mukul-dhakal-Suggestion.pdf






















