नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत् भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ।
आर्थिक वर्ष (आव) २०७२/७३ मा वितरण प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई आधा घटाएर गत आव २०८०/८१मा १२.७३ प्रतिशतमा सीमित गरेको प्राधिकरणले बताएको छ ।
विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत छ । आठ वर्षअघि २५.७८ प्रतिशत चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।
प्राधिकरणका अनुसार विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२.९० प्रतिशत, २०७४/७५ मा २०.४५ प्रतिशत, २०७५/७६मा १५.३२ प्रतिशत, २०७६/७७ मा १५.२७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९मा १५ दशमलव ३८ र आव २०७९/८० मा १३.४६ प्रतिशतमा झारिएको थियो ।
व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
























