images
images
  • २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ

    काठमाडौं- ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    काठमाडौंबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

    एसपी सिताराम रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ हेटौँडा-११ थाना भर्‍याङबाट भेप फेला पारेको हो ।

    बस चालक दोलखा भीमेश्वर नगरपालिका-२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका-११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर-१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत(नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images