काठमाडौं– आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो।
भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १ सय ३० रनमै रोकियो ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे । नूर अहमदले १२ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए।
भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३(३ विकेट लिए । कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १(१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए । हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडे ।
ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए । अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३(३ तथा नभिन उल हकले १ विकेट लिए ।
भारतले आफ्नो सुपर एट चरणको दोस्रो खेलमा शनिबार बंगलादेश विरुद्ध खेल्नेछ भने अफगानिस्तानले सोही दिन अष्ट्रेलियाको सामना गर्नेछ ।


विश्व खबर 



















