images
images
  • मुख्यमन्त्री केजरीवालले गरे जेल पुगेर आत्मसमर्पण

    एजेन्सी- दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आत्मसमर्पण गरेका छन् । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि आइतबार दिल्लीको तिहाड जेल पुगेर उनले आत्मसमर्पण गरेका हुन् ।

    ‘चुनाव लोकतन्त्रको जग हो। लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो। अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गर्नु भएको छ,’ दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भनिन् ।

    दिल्ली एक्साइज मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images