नयाँ दिल्ली- भारतको मध्य प्रदेशको राजगढमा सडक दुर्घटनामा परी आइतबार राति १३ जनाको मृत्यु भएको छ । उनीहरू राजस्थानको झालावाड जिल्लाका बासिन्दा भएको बताइएको छ ।
तीव्र गतिमा हुँकिएको ट्याक्टर अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जनाइएको छ । ट्याक्टर ट्रलीमा ठोक्किँदा त्यसमा सवार १३ जन्तीको मृत्यु भएको हो । अस्पतालमा ४० जनाको उपचार भइरहेको जनाइएको छ ।
भारतका राष्ट्रपति द्रौपदी मुर्मुसहित मध्य प्रदेश र राजस्थानका मुख्यमन्त्रीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । -बीबीसी हिन्दीबाट
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















