काठमाडौं- विश्वकै सबैभन्दा धनी अमेरिकी मिडिया टाइकुन रुपर्ट मर्डकले रुपर्ट मुर्डकले पाँचौँ पटक बिहे गरेका छन् । शनिवार क्यालिफोनिर्यास्थित आफ्नो एक भाइनयार्डमा ९३ वर्षका मुर्डकले रुसकी सेवा निवृत्त ६७ वर्षीय जीवशास्त्री एलेना झुकोभासँग बिहे बन्धनमा बाँधिएका हुन् ।
मर्डकको लस(एन्जेलस् स्थित आलिशान रिसोर्ट समानको निवासमा सम्पन्न भएको सो विवाहमा निकै कम पाहुना बोलाइएको थियो भने मर्डकले कालो सुट र एलेनाले सेतो गाउन लगाएकी व्यहोरा अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्
अष्ट्रेलियामा जन्मेका अमेरिकी नागरिक मर्डकको अहिलेको सम्पत्ती करिब २० अर्ब डलर छ । अष्ट्रेलिया बेलायत तथा अमेरिकामा आफ्नो मिडिया व्यवसाय फैलाउन सफल व्यवसायी मर्डकले अष्ट्रेलियामा सन् १९५४ मा पत्रिका खोलेर व्यवसायमा हात हालेका थिए । उनका बुवा सर किथ मर्डक पनि प्रसिद्ध पत्रकार र प्रकाशक थिए ।
मिडिया व्यवसायी बन्नु अघि उनी बेलायतको लण्डन डेली एक्सप्रेसमा सम्पादकको रुपमा काम गरेका थिए जहाँ उनले पत्रिका सफल बनाउन अपराध, यौन, स्क्याण्डल तथा रोचक समाचार दिनु पर्दछ भन्ने तथ्य मनन गरे । अष्ट्रेलियामा बाबुको मृत्यु पछि उनले सर किथको पत्रिकालाइ सनसनीपूर्ण बनाए र व्यापारिक सफलता पनि प्राप्त गरे ।
सन् १९६९ मा बेलायतको न्युज अफ द वर्ल्ड तथा द सन पत्रिकाको स्वमित्व किने । त्यसपछि सन् १९७३ मा अमेरिका प्रवेश गरेर विभिन्न पत्रिका किन्ने, ठूलो बनाउने र बेच्ने काम गरे । जसमध्ये प्रमुखमा न्युयोर्क पोष्ट, बस्टन हेराल्ड आदि छन् । उनले धेरै पुस्तक प्रकाशन कम्पनीका साथै सिनेमा निर्माता कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सको पनि स्वामित्व किने ।
सन् १९९३ मा स्टार टेलिभिजन नेटवर्कमा लगानी गरे पश्चात संसारभर टेलिभिजनमा उनको पकड भयो । अमेरिकाको फक्स न्युज सन् १९९४मा उनले किनेपछि रिपब्लिकन दलको मुखपत्रको रुपमा सशक्त रुपमा अघि बढेको छ । उनको कम्पनी न्युज कर्पले सन् २००७ मा अमेरिकाको प्रख्यात आर्थिक दैनिक द वाल स्ट्रिट जर्नल किनेको थियो ।
हाल उनी फक्स टेलिभिजन तथा न्युज कर्पका अध्यक्षबाट अवकाश लिएर बसेका छन् ।


विश्व खबर 

















