images
images
  • रेमल चक्रवात: मिजोरमा पहिरोमा परी २७ जनाको मृत्यु, धेरै बेपत्ता

    एजेन्सी- बंगालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा उत्तरपूर्वी भारतस्थित मिजोरम राज्यमा ३७ जनाले ज्यान गुमाएका छन् । मिजोरमको राजधानी आइजोलमा भारी वर्षा भएपछि पहिरो गएको थियो । सोही पहिरोमा पुरिएर तीन दर्जनभन्दा बढी मानिसको ज्यान गएको हो ।

    मिजोरमको आइजवल जिल्लामा मंगलबार चक्रवात रेमालबाट आएको लगातारको वर्षापछि पहिरोमा परी अन्य धेरै बेपत्ता भएका छन्। जसमा २१ जना ढुङ्गा खानी भत्किँदा र १० जना  पहिरोमा परी बेपत्ता भएका छन् ।

    मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार त्यहाँ आवासीय पूर्वाधारमा क्षति हुँदा बिजुली र पानी आपूर्ति समेत बन्द भएको छ । आपतकालीन कोषमा राज्य सरकारले १५ करोड रुपैयाँ छुटयाएको छ ।

    मृतकका परिवारलाई ४/४ लाख भारुका दरले राहत उपलब्ध गराइने त्यहाँका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

    लगातार निकै ठूलो चक्रवात चल्दा मिजोरमका अधिकांश स्थानमा बिजुलीको पोल र रुखसमेत उखेलिएका छन्‌ । भारी वर्षा र पहिरोले यातायातमा पनि नराम्रो असर पारेको छ र आइजवल पनि देशको बाँकी भागबाट बिच्छेद भएको छ।

    बङ्गालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली जेठ १२ गते साँझ शक्तिशाली चक्रवातमा परिणत भएको थियो ।

    राष्ट्रपति द्रौपदी मुर्मु र गृहमन्त्री अमित शाहले ढुंगा खानी दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन्।

    मिजोरमको आइजोल नजिकै ढुङ्गा खानी भत्किँदा ज्यान गुमाउनेको बारेमा थाहा पाउँदा दुःखी छु। शोकसन्तप्त परिवारमा मेरो समवेदना। म उद्धार र राहत कार्यको सफलताको लागि प्रार्थना गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु, राष्ट्रपतिले भने। ह् मा एक पोष्टमा। मिजोरमको ढुङ्गा खानीमा भएको दुःखद दुर्घटनाको बारेमा थाहा पाउँदा गहिरो दुःख लाग्यो। मृतकका परिवारप्रति मेरो गहिरो समवेदना, र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु, गृहमन्त्रीले  भने।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images