images
images
  • पाकिस्तानमा ५२ डिग्री २ सेल्सियस पुग्यो तापमान

    काठमाडौं- सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको मौसम विभागका एक वरिष्ठ अधिकारीले बताएका थिए ।

    जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी खपी नसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस )१२९ दशमलव २ डिग्री फरेनहाइट) को कीर्तिमानी स्तरमा उक्लिएको थियो ।

    यो एसियामा रेकर्ड भएको अहिलेसम्मकै दोस्रो उच्च तापक्रम थियो भने विश्वको चौथो उच्च तापक्रम थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images