images
images
  • गिरीबन्धु प्रकरणमा बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ

    काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको गिरीबन्धु टि स्टेटलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने सरकारको निर्णयबारे टिप्पणी गरेका छन् । यस प्रकरणमा एक सय बढी कम्पनीको नाम सार्वजनिक गर्दै जग्गा सट्टा भर्ना प्रकरणमा ५० खर्बसम्मको खेलोफड्को भएको हुन सक्ने बालेन्द्रले बताएका छन् ।

    उनले सोमबार सामाजिक सञ्जालमार्फत गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउनु पर्ने भन्दै निवेदन हालेका कम्पनीको नाम नै सार्वजनिक गरेका छन् । 

    सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागे पनि बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका पनि उल्लेख गरेका छन् । 

    गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेका थिए । 

    यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको बालेन्द्रको आशंका छ । 

    सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेको उनले बताएका छन्

     ।balen

    बालेन्द्रको स्टाटसमा उल्लेखित जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :
    १-     केपी ओली ट्रस्ट
    २ –    रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
    ३-    केशरी चिया बगान पाँचथर
    ४-    ओमटी गार्डेन प्रालि इलाम
    ५-     सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
    ६-     इलाम टी–स्टेट इलाम
    ७-     सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
    ८-    माङमालुङ चियाबगान लि. इलाम
    ९-    किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
    १०-    हिम चियाबगान प्रालि इलाम
    ११-   फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
    १२-    रोनक टी–स्टेट झापा
    १३-    गोमादेवी टी–स्टेट झापा
    १४-    झापा टी–स्टेट झाप
    १५-    राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
    १६-    कल्पना टी–स्टेट झापा
    १७-   मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
    १८-    बज्रायोगिनी टी–स्टेट प्रालि झापा
    १९-    ज्यामिरगढी टी–स्टेट झापा
    २०-    राज टी–स्टेट झापा
    २१-    पदम टी–टेट झापा
    २२-    इलाम चियाबारी प्रालि झापा
    २३-   पौडेल बन्धु टी–स्टेट प्रालि झापा
    २४-    हिमाल इन्टरनेसनल प्रालि झापा
    २५-    नक्कलबन्दा टी–स्टेट झापा
    २६-    चकचकी टी–स्टेट झापा
    २७-    लक्ष्मी टी–स्टेट झापा
    २८-    सौरभ चिया उद्योग प्रालि झापा
    २९-    इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
    ३०-    चन्द्रगढी टी–स्टेट प्रालि झापा
    ३१-    रोमन टी–स्टेट प्रालि झापा
    ३२-    हडिया रियल टी–स्टेट प्रालि झापा
    ३३-    प्रयास चिया उद्योग झापा
    ३४-    ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
    ३५-    न्यू–गिरी एन्ड सन्स झापा
    ३६-    गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
    ३७-    कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
    ३८-    जीपीको इराला फाउन्डेसन मोरङ
    ३९-    इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
    ४०-    जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा
    ४१-    कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
    ४२-    मुँगा टी गार्डेन्स प्रालि धनकुटा
    ४३-    चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
    ४४-    मारुती सिमेन्ट प्रालि सिरहा
    ४५-    केचना टी–स्टेट प्रालि दोलखा
    ४६-    सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु)  गार्मा र तिङला, सोलु र रसुवा
    ४७-    अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
    ४८-     ग्रीनभेन्चर्स प्रालि रामेछाप
    ४९-   हिमालय ऊर्जा विकास क-(अप्पर खिम्ती) चुचुरे रामेछाप
    ५०-    रिलायन्स सुगुर एन्ड केमिकल्स इ।प्रालि बारा
    ५१-    गिजरा खाडाखारी मिल प्रालि बाँके
    ५२-    युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
    ५३-    इको अर्गानिक फार्मस प्रालि काभ्रे
    ५४-    गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
    ५५-    तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
    ५६-    युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
    ५७-    द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभ्रे
    ५८-    आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
    ५९-    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
    ६०-    लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
    ६१-    आराभ नेपाल भोर्डन एग्रिकल्चर क। प्रालि लमजुङ
    ६२-    हिमालयन पावर पार्टनरसिप लमजुङ
    ६३-    होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
    ६४-    सान्जेन जलविद्युत् कं.लि रसुवा
    ६५-    सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
    ६६-    घोरही सिमेन्ट उद्योग घोराही दाङ
    ६७-    सोनापुर सिमेन्ट प्रालि दाङ
    ६८-    रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
    ६९-    रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
    ७०-    रोड सो रियल स्टेट प्रालि कास्की
    ७१-    सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर
    ललितपुर
    ७२-    नारायणी उष्ट प्रालि ललितपुर
    ७३-    ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
    ७४-   होमल्यान्ड हाउजिङ प्रा.ललितपुर
    ७५-    सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
    ७६-    सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर
    ७७-    पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर
    ७८-    उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
    ७९-    सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
    ८०-    सिनर्जी प्रोपर्टिज डेभलपर्स प्रालि दहचोक काठमाडौं
    ८१-    एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
    ८२-    सांग्रिला हाउजिङ प्रालि काठमाडौं
    ८३-    सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
    ८४-    बागमती प्रपर्टी डिलर्स प्रालि। काठमाडौं भक्तपुर
    ८५-    युरो इन्भेस्टमेन्ट प्रालि काठमाडौं
    ८६-    आयुषा डेभलपर्स प्रालि काठमाडौं
    ८७-    कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
    ८८-    हेभेन्स भिलेज प्रालि काठमाडौं
    ८९-    बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
    ९०-    होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं
    ९१-    पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
    ९२-    टावर हाउजिङ प्रालि काठमाडौं चितवन
    ९३-    टचउड हाउजिङ प्रालि काठमाडौं
    ९४-    सुभारम्भा  हाउजिङ एन्ड डेभलपर्स प्रालि
    ९५-    सीडी डेभलपर्स प्रालि काठमाडौं
    ९६-    सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
    ९७-    तनहुँ हाइड्रोपावर लि.तनहुँ
    ९८-    लिवर्टी इनर्जी क.लि. लमजुङ
    ९९-    काबेली इनर्जी पाँचथर
    १००-    हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
    १०१-    गिरिबन्धु टी–स्टेट प्रालि झापा

    प्रतिक्रिया दिनुहोस्
    images
    images