images
images
  • जनकपुरमा सहकारीको ८० लाख रूपैयाँ लुटियो

    धनुषा । धनुषामा सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।

    सोमबार शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट मोटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन् ।

    महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दा रकम लुटिएको हो ।

    घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images