images
images
  • ललितपुरको बाफलमा आगलागी हुँदा ५ जना घाइते

    काठमाडौं- ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

    ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

    प्रहरीका अनुसार घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा रहेका छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको छ ।

    प्रहरीका अनुसार अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images