पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गरेपछि विपक्षी गठबन्धन सहित कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
नेपालीले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए। ६० सदस्यीय प्रदेशसभामा ३१ जना सांसद बहुमतको हस्ताक्षर बुझाएका नेपालीलाई स्वभाविक रुपमा नियुक्ति हुनुपर्ने दाबीसहित मुख्यमन्त्रीको कार्यालय पुगेका हुन्।
गुरुङले एमालेका २७ र जनमोर्चाका एक सांसदको हस्ताक्षरसहित दाबी गरेका हुन्। मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले दिउँसो ३ बजेसम्मको समय दिएका थिइन्।
प्रतिक्रिया दिनुहोस्























