पोखारा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि पुन:दाबी गरेका छन् ।उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।
जसपाका सांसदहरुले भने आफ्नो समर्थन कांग्रेसका सांसद् कृष्णचन्द्र नेपालीलाई रहेको बताएका छन्। उता विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चाका सांसद कृष्ण थापाले पनि आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै मुख्यमन्त्री गुरुङले दाबी पेस गरेका हुन्।
यसअघि शुक्रबार नै नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले ३१ जना बहुमत सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन्।
प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि हिजो मात्रै प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी थिइन् ।
जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।
विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।























