images
images
  • म षडयन्त्रको शिकार भएँ : सन्दीप लामिछाने

    सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत आफू षड्यन्त्रको शिकार भएको लेखेका हुन् ।

    ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शङ्का छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन् ।

    सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका छन् । जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images