images
images
  • प्युठानमा वनभोजका लागि कर्मचारी ओसार्ने क्रममा सरकारी गाडी दुर्घटना, एकजनाको मृत्यु


    प्युठान । प्युठानमा एक सरकारी गाडी दुर्घटनामा परेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ स्थित मल्लरानी नजिकै दुर्घटनाग्रस्त हुँदा १ जनाको ज्यान गएको छ।

    तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

    खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन्।

    कार पुनः कर्मचारी ओसार्न खलंगा झर्दै गर्दा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images