images
images
  • गृहमन्त्री खाँडको पावरमा ४१ जनालाई प्रहरी बनाएको भन्दै फेसबुकमा स्टाटस लेख्ने युवा पक्राउ

    काठमाडौं – गृहमन्त्री समेतको सिफारिसमा आफूले केही युवालाई प्रहरीमा जागिर खुवाएको भन्दै फेसबुकमा स्टाटस लेख्ने प्युठानका नरेन्द्र गुरुङ पक्राउ परेका छन् ।

    देशभरबाट ४१ जना युवालाई प्रहरी जवान बनाउन आफूले गृहमन्त्री बालकृष्ण खाँणसहित प्युठानका स्थानीय कांग्रेस नेताहरूको समेत साथ पाएको भन्दै उनले फेसबुकमार्फत नाम सार्वजनिक गरेका थिए ।

    ऐरावती गाउँपालिका(१ का ३० वर्षीय गुरुङलाई आज नियन्त्रणमा लिइएको प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । सरकारी जागिरका लागि सिफारिस गर्नु वा कुनै निकायलाई दबाब दिनु गैरकानुनी मानिन्छ । यस्तो अवैधानिक काममा आफ्नो नाम मुछिएपछि गृहमन्त्री खाँडले गुरुङलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए । गुरुङ नेपाल विद्यार्थी संघका स्थानीय नेता भएको बताइएको छ ।

    Status

    प्रतिक्रिया दिनुहोस्
    images
    images