images
images
  • बाढीका कारण तान्जानियामा १६ सय बढी मानिस घरबारविहीन

    दार एस सलाम । भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएको एक अधिकारीले बताएका छन् ।

    नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिए ।

    प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको र सरकार मानवीय सहायता प्रदान गर्र्ने प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराए।

    बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images